झलनाथ खनालद्वारा पुनः मतदानको माग : आयोगमा पठाए पत्र

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको पुनः मतदान गर्नुपर्ने माग गरेका छन् । उनले पुनः मतदान गर्ने माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएका छन् ।

सुरुबाटै त्रुटिहरु देखिएकाले पुन मतदान गर्नुपर्ने उनको माग छ । पछिल्लोपटक गणना भएको ६ वटा केन्द्रको मत गणना गर्दा खसेको भन्दा २६६ बढी मत भेटिएपछि पुनः मतदानको माग गरेका छन् । उनले पुनः मतदानको माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको स्रोतले बताएको छ ।

हाल इलाम क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार महेश वस्नेतले अग्रता कायमै राखेका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालले वस्नेतलाई पच्छाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =