म संसद्‌मा सुत्न जान लागेको हैन, जनताको आवाज बोल्छु : सन्तोष चालिसे

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधि सभा र प्रदेशसभाका सांसदहरूले आज मतदाता र सहयोगीहरूलाई धन्यवाद दिएका छन् ।

जोरपाटीस्थित ‘पिस बेन्क्वीट’मा आयोजित कार्यक्रममा प्रतिनिधि सभामा निर्वाचित सन्तोष चालिसे, प्रदेश १ र २ मा निर्वाचित क्रमशः छिरिङ दोर्जे लामा र विमल ठकुरीले सम्पूर्ण मतदातालाई धन्यवाद दिएका हुन् ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले आफू सुत्न हैन, जनताको आवाज उठाउन संसद् छिरेको बताएका छन् । पहिलाको सांसद जस्तो जनताले खोज्न पर्ने नबन्ने र आफू जनतालाई खोज्ने सांसद बन्ने उनको जिकिर छ ।

काठमाडौँ ३ मा प्रतिनिधि र प्रदेशसभातर्फ ३ स्थानमै नेपाली कांग्रेसले जित निकालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + sixteen =