चितवन ३ : राप्रपाका विक्रम पाण्डेको लगातार अग्रता
२०७९ मंसिर ९ गते

चितवन । चितवन क्षेत्र नं ३ मा राप्रपाका विक्रम पाण्डेले लगातार अग्रता कायम गरिरहेका छन् ।
७४ हजार ३५१ मत गणना भइसक्दा राप्रपाका विक्रम पाण्डेले २८ हजार ५४० मत ल्याएका छन् । सत्तारुढ गठबन्धनबाट उमेदवार भएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारीले १९ हजार ७६९ मत ल्याएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले १३ हजार ७८५ मत ल्याएकी छन् । स्वतन्त्रबाट उमेदवार दिएका दिनेश कोइरालाले ९ हजार ९६१ मत ल्याएका छन् ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित









