महोत्तरी २ : लोसपाका शरतसिंह भण्डारी विजयी
२०७९ मंसिर ९ गते

काठमाडौँ । महोत्तरी २ लोसपाका शरतसिंह भण्डारी विजयी भएका छन् । महोत्तरी २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार शरतसिंह भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्याए ।
यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








