इलाम १ : झलनाथले महेशलाई उछिन्न सकेनन्

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार महेश वस्नेतले अग्रता कायम गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वस्नेतलाई पच्छाइरहेका छन् । गत बुधबार राति स्थगित भएर आज बिहान सुरु गणनामा वस्नेतले १ हजार ६ सय ४२ मतको अग्रता कायम राखेका छन् ।
बस्नेतले १२ हजार २ सय ७५ मत मत ल्याएका छन् भने खनालको १० हजार ६ सय ३३ मत छ। हिलेसम्म प्रतिनिधिसभाको यो क्षेत्रमा २६ हजार ३ सय ९४ मत गणना सकिँदा २५ हजार १ सय ९९ मत सदर र १ हजार १ सय ९५ मत बदर भएको छ। क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ।
यही क्षेत्रको प्रदेशसभा १ (१) मा नेकपा ९एस०की उम्मेदवारले अग्रता लिएकी छिन्। उनले एमाले उम्मेदवार शोभा पराजुलीभन्दा ५ सय ८३ मतको अग्रता कायम गरेकी हुन्। लिम्बूले ५ हजार ९ सय २ र पराजुलीले ५ हजार ३ सय १९ मत ल्याएका छन्।








