उदयपुर १ : प्रदेशसभा (क) मा माओवादीका राजन किराती विजयी
२०७९ मंसिर ९ गते

काठमाडौँ । उदयपुर १ प्रदेशसभा (क) मा माओवादीका राजन किराती विजयी भएका छन् । उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका हुन् ।
उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई पराजित गरे ।
अन्तिम मत परिणाम अनुसार किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे । राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत पाएर तेस्रो स्थानमा रहे ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








