काठमाडौँ-९ : जमानत जफत भएका मिलन पाण्‍डेको मत कति ?

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाण्डेले २ हजार ३ सय २७ मत ल्याएका छन् ।

यस क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ छ । पाण्डेले सदर मतको ५.५ प्रतिशत मत प्राप्त गरे । सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।

२०७४ मा पनि पाण्डे यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार थिए । ०७४ मा भने उनले जमानत जोगाएका थिए । यस क्षेत्रमा ०७४ मा ४५ हजार ७४ मत सदर थियो । जसको ११ प्रतिशत मत पाण्डेले ०७४ मा पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 4 =