लगातार चौथो पटक कांग्रेस नेता शशांक कोइरालाको जित

काठमाडौँ । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ बाट लगातार चौथो पटक नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी भएका छन् । उनले २७ हजार १ सय २७ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण पौडेलले २५ हजार ४३ मत ल्याएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत ल्याएका छन् । उक्त क्षेत्रमा २०४८ को आम निर्वाचनदेखि नै लगातार कांग्रेसका उम्मेदवारले जित्दै आएका छन् ।

कोइरालाले २०६४ र २०७० को संविधानसभा निर्वाचन र २०७४ को आम निर्वाचनमा प्रतितिधि सभा सदस्यामा जितेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =