रवि लामिछानेको जित पक्कापक्की
२०७९ मंसिर ८ गते

काठमाडौँ । चितवन २ मा रवि लामिछानेको जित पक्कापक्की भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले यो समाचार तयार पार्दासम्म ४० हजार मत कटाइसकेका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ९२९ मत ल्याएका छन् । एमालेका कृष्णभक्त पोखरेलले १३ हजार ३०८ मत ल्याएका छन् ।
रवि लामिछानेले फराकिलो अग्रता लिएका कारण उनको जित पक्कापक्की भएको हो । अब गणना गर्न बाँकी सबै मत अरू उम्मेदवारलाई आए पनि रविको जित हुने देखिन्छ ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








