कमल थापाले पराजय स्वीकार गर्दै भने, सूर्य चिह्न लिएर चुनाव लड्न दिएकोमा एमालेलाई धन्यवाद
२०७९ मंसिर ८ गते

हेटौँडा । राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् ।
उनी नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका थिए ।
मकवानपुर १ बाट चुनाव लडेका थापा नेपाली काङ्ग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् ।
डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् ।
थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाएका छन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद पनि भनेका छन् ।
मत गणना अन्तिम चरणमा रहेको छ ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








