म्याग्दी १(क) मा पनि माओवादी विजयी

पोखरा । गण्डकी प्रदेश सभा सदस्यमा माओवादीको एक सिट थपिएको छ । म्याग्दीको १ को (क) मा माओवादी केन्द्रका हरि भण्डारी विजयी भएका छन् ।

उनले १२ हजार ७ सय ४० मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका देवेन्द्रबहादुर कटुवालले ११ हजार ७ सय ६५ मत पाए । प्रदेश सभा सदस्य (ख) मा पनि माओवादीका रेशम जुग्जाली विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =