ओलीको सानदार जित, साढे २८ हजार मतान्तर
२०७९ मंसिर ७ गते

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा प्रतिनिध सभा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । ओलीले ५२ हजार ३१९ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए । ओली २८ हजार ५७६ मतअन्तरले विजयी भएका हुन् ।
तेस्रो स्थानमा रहेका राष्ट्रय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४३ मत पाए ।
२०७४ को चुनावमा पनि ओलीले अधिकारीलाई नै हराएका थिए । त्यतिबेला उनको मत अन्तर २८ हजार ८४२ थियो ।
तीन पटकसम्म मुुलुकको प्रधानमन्त्री भइसकेका ओलीलाई एमालेले भावी प्रधानमन्त्रीका रुपमा अघि सारिसकेको छ । अघिल्लो निर्वाचनमा वाम गठबन्धनको बलमा सानदार जित हासिल गरेका ओलीले यो पटक पनि उस्तै परिणाम ल्याएका छन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








