कास्की १ (ख) मा एमालेका बेदबहादुर गुरूङ निर्वाचित

पोखरा । कास्की क्षेत्र नम्बर १ (ख) मा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका बेदबहादुर गुरुङ कांग्रेसका दीपक गुरुङ भन्दा ८ सय ६७ मत बढी ल्याएर विजयी भएका हुन् ।

बेदले १२ हजार ६ सय ६१ मत पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी दीपकले ११ हजार ७ सय ९४ मत पाए । यो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा पनि एमालेले अग्रता लिएको छ ।

प्रदेश (ख) गनिसकेपछि अहिले प्रदेश (क) को गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =