पाँचथर : आङ्देम्बे र नेम्बाङबीच कडा टक्कर, प्रदेशमा पनि गठबन्धन अगाडि

पाँचथर । पाँचथरमा प्रतिनिधिसभामा गठबन्धनको अग्रता कायम छ । नेपाली काँग्रेसका भीष्मराज आङ्देम्बे एमालेका वसन्तकुमार नेम्बाङलाई झिनो मतले पछि पछि पार्दै अग्रत लिएका छन् ।
आङ्देम्बेले आङ्देम्बेले १० हजार ८ सय ३ मत प्राप्त गरेका छन् । भने नेम्बाङ्ले १० हजार ७ सय ७ मत पाएका छन् ।
प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा ७५ हजार ३ सय ५२ मत खसेको थियो । उनीहरुको मतान्तर मतान्तर ९६ रहेको छ ।
यता प्रदेश सभामा पनि गठबन्धन नै अगाडि छ । नेकपा एसका कमल जवेगुले १० हजार ८ सय ९३ मत पाएका छन् । उनका प्रतिस्पिर्धी एमालेका राजकुमार भण्डारीले १० हजार ४ सय ५१ मत पाएका छन् । यो क्षेत्रमा जबेगु ४ सय ४२ मतले अगाडि छन् ।
यस्तै, प्रदेश सभा ख मा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले ११ हजार ९ सय ५ मत पाएका छन् । उनका प्रतिस्पिर्धी एमालेका अइन्द्रसुन्दर नेम्बाङले ९ हजार १ सय ८३ मत ल्याएका छन् । उनीहरुबिचको मतान्तर २ हजार ७ सय २२ रहेको छ ।








