भोजपुर : शेरधनले सुदनलाई भेटाउन सकेनन्
२०७९ मंसिर ७ गते

काठमाडौँ । भोजपुरको प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता बढाएका छन् । उनले सुरुवात देखिनै आफ्नो अग्रतालाई कायम राखेका छन् ।
पछिल्लो मत परिणाम अनुसार किरातीले १० हजार ७ सय ७६ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार शेरधन राईले ८ हजार ४ सय ७७ मत प्रप्त गरेका छन् । उनीहरुको बिचको मतान्तर २ हजार २ सय ९९ रहेको छ ।
राई प्रदेश १ का पूर्व मुख्यमन्त्री हुन् । यता किराती भने यसअघि पनि यहि स्थानबाट विजयी उम्मेदवार हुन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








