समानुपातिकतर्फ माओवादी चौथो, कुन दलले पाए कति मत ? (सूचीसहित)

काठमाडौँ । समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि जारी मतगणनामा अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ । दाेस्राे स्थानमा कांग्रेस रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी छाप)ले तेस्राे स्थानमा उक्लिसकेकाे छ । नेकपा माओवादी केन्द्रले भने समानुपातिकतर्फ पनि साेचेजस्ताे मत पाउन नसक्दा चाैथाे स्थानमै कायम छ ।

यस्ताे छ पार्टीगत मत विवरण

नेकपा एमालेले २४१९९९ प्राप्त गरी अग्रता कायमै राखेको छ ।

कांग्रेसले २१९४९१ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेको छ।

तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ११२०६१ मत मत पाएको छ ।

चौथो स्थानमा रहेको माओवादीले १००४९२ मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७७६४ मत पाएको छ ।

जनता समाजवादी पार्टीले १८७५८ मत पाएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले १७५७२, नेपाल मजदुर किसान पार्टी १६५०५, नेकपा (एकीकृत समाजवादी) १३३०३, नागरिक उन्मुक्ति पार्टी ११७३६ मत पाएको छ।

अन्य दलहरूले ५०३२१ मत पाएका छन्। मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =