स्याङजा २ मा अझै सुरु भएन मतगणना, कांग्रेसकाे धर्ना जारी

पोखरा । स्याङजा २ मा अझै मतगणना सुरु भएको छैन । एमालेलगायत दलहरुको विरोधका कारण निर्वाचन सकिएको ३ दिन भइसक्दासमेत गणना अघि नबढेको हो ।

यहाँ एमालेले चापाकोटका विभिन्न मतदान केन्द्रमा मृत्यु भइसकेका र विदेश भएकाको पनि मत खसेको भन्दै विरोध जनाएको छ ।

एमाले उम्मेदवार पद्मा अर्यालले पुनः मतदानको माग गरेकी छिन् । उनले मतदान पुनः नहुँदासम्म गणना अघि बढ्न नदिने बताइन् । कांग्रेसले भने तत्कालै गणना सुरु गर्न माग गर्दै धर्ना बसिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =