प्रदेश १ : कुन दल कति क्षेत्रमा अगाडि ? (नालीबेली)

विराटनगर । प्रदेश १ का १४ जिल्लाका ५६ प्रदेश सभा सदस्यको प्रत्यक्ष निर्वाचन क्षेत्र मध्ये अध्ये १३ वटा क्षेत्रमा कतै मत गणना नै शुरु भएको छैन भने कतै शुरु भएर पनि परिणाम आउन सकेको छैन । मत गणना जारी भएको प्रदेश निर्वाचन क्षेत्रहरु मध्ये सबै भन्दा धेरै प्रदेश निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ। सबैभन्दा धेरै एमालेले १९ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ ।

त्यसपछि नेपाली कांग्रेसले १० ठाउँमा अग्रता बनाउँदा २ ठाउँमा जितेको छ। नेकपा माओवादी केन्द्रले २ ठाउँमा जितेको छ भने ५ ठाउँमा अगाडी रहेको निर्वाचन आयोगले जनाएको छ। नेकपा एकिकृत समाजवादी २ ठाउँ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ ठाउँमा अग्रता बनाएको छ।

जिल्लागत रुपमा हेर्दा यो समाचार तयार पार्दासम्म मोरङमा ४ ठाउँमा एमाले, एउटा निर्वाचन क्षेत्र कांग्रेसले जित्दा २ ठाउँमा कांग्रेस, १ ठाउँमा माओवादी केन्द्र र ४ निर्वाचन क्षेत्रमा गणना गर्न बाँकी छ । सुनसरीमा २ ठाउँमा एमाले, १ ठाउँमा कांग्रेस, २ ठाउँमा राप्रपा र ३ प्रदेश निर्वाचन क्षेत्रको गणना गर्न बाकी देखिएको छ, भने गणना शुरु भएर पनि सार्बजनिक भएको छैन ।

धनकुटामा २ ठाउमा नै एमाले अगाडी छ, भने तेह्रथुममा एक ठाउँमा एमाले र एक ठाउँमा माओवादी केन्द्रले अग्रता लिएका छन् । संखुवासभाको एउटा निर्वाचन क्षेत्रमा गणना भई रहेको छ भने एउटामा गणना शुरु भएको छैन, गणना भएको क्षेत्रमा माओवादी केन्द्र अगाडी छ । भोजपुरका दुबै निर्वाचन क्षेत्रमा गठबन्धन अगाडी छ । एउटा निर्वाचन क्षेत्रमा नेकपा एकिकृत समाजवादी र एउटा क्षेत्रमा नेपाली कांग्रेसले अग्रता कायम राखेका छन् ।

सोलुखुम्बुमा एउटामा एमाले र अर्कोमा माओवादी, खोटाङमा एमाले र कांग्रेस अगाछी छन् । ओखलढुंगामा दुबै प्रदेश क्षेत्र गठबन्धनले जितेको छ , यहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विजयी भएको छ। उदयपुरका ४ वटा प्रदेश निर्वाचन क्षेत्र मध्ये २ वटामा कांग्रेस अघि छ एउटा निर्वाचन क्षेत्र नेकपा माओवादीले जितेको छ भने बाँकी एउटा क्षेत्र गणना हुन बाँकी रहेको छ। झापामा रहेको १० निर्वाचन क्षेत्र मध्ये ६ वटा एमाले, २ मा कांग्रेस एउटामा राप्रपा र एक क्षेत्र गणना हुन बाँकी रहेको छ।

ईलामका ४ निर्वाचन क्षेत्र मध्ये एमाले १, कांग्रेस १, नेकपा एकिकृत १ र एक क्षेत्र गणना गर्न बाँकी छ। पाँचथरमा दुई निर्वाचन क्षेत्रमा एमाले र माओवादीको १–१ क्षेत्रमा अग्रता छ । ताप्लेजुङमा भने प्रतिनिधि सभाको गणना भईरहेकोले प्रदेश निर्वाचन क्षेत्रको गणना भएको छैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − five =