इलाम-१ : राती १ बजेबाट मतगणनामा रोकियो

काठमाडौँ । इलामको प्रतिनिधिसभा १ मा राती १ बजेबाट मतगणनामा रोकिएको छ ।

कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक दलले मतगणना बहिष्कार गरेका हुन् । गठबन्धनतर्फका राजनीतिक दलका प्रतिनिधि नै नभई मतगणना सुरु भएपछि विवाद भएको हो ।

अब के गर्ने भन्ने विषयमा अहिले १ बजे सर्वदलीय बैठक बसेर निर्णय गरिने बताइएको छ ।

एलाम १ मा गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा एमालेका तर्फबाट महेश बस्नेत उम्मेदवार छन् । बस्नेतले १० हजार २ सय ८७ मत प्राप्त गरेका छन् भने खनालले ८ हजार ७ सय ८० मत प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =