ताप्लेजुङ : खेलप्रसाद बुढाक्षेत्री अघिअघि योगेश भट्टराई पछिपछि

ताप्लेजुङ । पछिल्लो गणनामा एमाले सचिव योगेश कुमार भट्टराईले माओवादीका उम्मेद्धार खेलप्रसाद बुढाक्षेत्री भेटाउँन सकेका छैनन् ।
माओवादीका उम्मेद्धार खेलप्रसाद वुढाक्षेत्रीले १६ हजार आठ सय ६१ मत प्राप्त गरेका छन् भने भट्टराईको मत १६ हजार ६ सय २७ छ ।
अब यहाँ ११ हजार ३ सय ८७ मत गन्न बाकी छ । ताप्लेजुङमा ४८ हजार ३ सय ५५ मत खसेको थियो ।
माओवादी उम्मेद्धार वुढाक्षेत्रीको मतदानस्थल पेदाङ, जिमेकी वडा खेवाङ, याम्फुदिनको गणना बाकी छभने भट्टराईको मतदान स्थल मैवाखोला साघु को एउटा केन्द्रको मात्रै बाकी छ ।
एउटा वडामा दुईवटा मतदान केन्द्र भए तिनै केन्द्रको मिसाएर गणना गर्न सकिने भएकाले प्रत्येक वडाको छुट्याएर गणना भइरहेको छ । सवैजसो दलले वडागत रुपमा गणना गर्न दवाव दिएका थिए । त्यही अनुसारले गणना भइरहेको हो ।
प्रतिनिधिसभाको गणना सकिएपछि मात्रै प्रदेश प्रतक्ष र त्यसपछि समानुपातिक तर्फको गणना गर्ने रेग्मी वताउछन । गणनास्थलमा पर्याप्त ठाउ नभएकाले अहिले दुई स्थानमा मात्रै गणना भइरहेको छ । प्रतक्ष तर्फ वदर उल्लेख्य संख्यामा रहेको छ । अधिकांसले दुई वा दुईभन्दा वढी चिन्हमा स्वस्तिक छाप लगाएको र कतिपयले ल्याप्चे लगाएको पाइएको गणकहरु वताउछन ।








