सिन्धुपाल्चोक १ (क)मा काँग्रेसका खड्का विजयी
२०७९ मंसिर ७ गते

सिन्धुपाल्चोक–१ (क) मा नेपाली काँग्रेसको उम्मेदवार मसिना खड्का भण्डारी विजयी भएका छन् । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार उनले नेकपा (एमाले)का उम्मेदवार युद्धविक्रम तामाङलाई पराजित गरेका छन् ।
खड्काले १४ हजार छ सय ५२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी युद्धविक्रम तामाङले १३ हजार चार सय ९० मत ल्याए । एक हजार एक सय ६२ मतले खड्काले निर्वाचन भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका निर्वाचन अधिकारी रिजालले जानकारी दिए ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








