कास्की २ (क) मा एमालेका भीम कार्की विजयी

पोखरा । कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा एमालेका भीम कार्की विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी राप्रपाका विजयबाबु भण्डारीलाई ४ हजार ६ सय ३८ मतले पछि पार्दै विजयी भए ।

कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गर्दा भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे । सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका विश्वप्रकाश लामिछानेले ५ हजार ५ सय ४० मत प्राप्त गरे ।

यो क्षेत्रमा २६ हजार १ सय २५ मत खसेको थियो । त्यस मध्ये ९ सय २५ मत बदर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =