तनहुँ-२ मा कांग्रेसका भण्डारी विजयी
२०७९ मंसिर ७ गते

पोखरा । तनहुँ क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शंकर भण्डारी विजयी भएका छन् । एमालेका किरण गुरुङलाई ५ हजार ४ सय ७४ मतान्तरले हराउँदै उनले चुनाव जितेका हुन् ।
भण्डारीको ३० हजार ६ सय ४ मत आएको छ भने गुरूङको २५ हजार १ सय ३० मत आएको छ । लगातार एमाले विजयी हुने तनहुँ २ मा २८ वर्षपछि कांग्रेसले पासा पल्टाएको हो ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








