काठमाडौं ५ मा कांग्रेसका प्रदीप पौडेल विजयी

काठमाडौँ । प्रतिनिधिसधा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन्। नेकपा एमालेका ईश्वर पोखरेललाई ५ हजारभन्दा बढी मतान्तरले हराउँदै पौडेल विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार काठमाडौँ ५ मा खसेको मतमध्ये १५ हजार २३७ मत पौडेलले प्राप्त गरेका छन्। एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेलले १० हजार १७२ मत प्राप्त गरे।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पोखरेल यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गरेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =