स्याङ्जा २ : मतगणनाको माग गर्दै काँग्रेसका धनराज गुरुङ धर्नामा

स्याङ्जा । स्याङ्जा २ मा मतगणना गर्न माग गर्दै नेपाली काँग्रेसका उम्मेदवार धनराज गुरुङ धर्नामा बसेका छन् ।
काँग्रेसका उपसभापतिसमेत रहेका गुरुङ मतगणना सुरु गर्न माग गर्दै मङ्गलवार निर्वाचन अधिकृतको कार्यालय वालिङमा धर्ना बसेका हुन् ।

उक्त क्षेत्रमा नेकपा एमालेले केही मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गर्दै मतगणना गर्न दिएको छैन ।

स्याङ्जा २ का विभिन्न स्थानका मतदान केन्द्र कब्जा भएको निर्वाचन आयोगमा निवेदन परेको छ ।
आयोगले आवश्यक निर्णय दिइसकेपछि मात्रै अन्य प्रक्रिया अगाडि बढने प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. २ मा एमालेकी सचिव पद्मा अर्याल र काङ्ग्रेसबाट धनराज गुरुङ उम्मेदवार छन् ।

मतगणना तत्काल सुरु नगरे आन्दोलनका थप कार्यक्रम गरिने स्याङ्जा काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =