समानुपातिकतर्फ एमाले पहिलाे, कांग्रेस दाेस्राे, तेस्रोमा घण्टी, चौथो माओवादी

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्पको मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएाके छ ।

निर्वाचन आयोगका अनुसार एमालेले १ लाख २४ हजार ३५४ मत ल्याएको छ । त्यस्तै, कांग्रेसले १ लाख ५ हजार ६६६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीले ५४ हजार ३१४ मत प्राप्त गरेको छ ।

त्यस्तै, माओवादी केन्द्रले ४७ हजार ६४१ मत प्राप्त गरेको छ ।

त्यसैगरी राप्रपाले २९ हजार ४८६, जसपाले ९ हजार ३७७, जनमत पार्टीले ८ हजार ७३७ र नेमकिपाले ७ हजार ८२ मत प्राप्त गरेको छ ।

नागरिक उन्मुक्ती पार्टीले ६ हजार ४२२ मत, नेकपा एकीकृत समाजवादीले ५ हजार ९०२ र अन्य पार्टीले २४ हजार २७३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =