इलाम २ : डम्बर खड्का अघिअघि, सुवास नेम्वाङ पछिपछि

काठमाडौँ । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ ३०१ मतले पछि परेका छन्।

पूर्वसभामुख समेत रहेका उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले सुरुबाटै पछि पारेका हु्न्।

केही समय अग्रता गरे पनि नेम्वाङ अहिले पछि परेका छन्। अहिले कांग्रेसका खड्का ३७ सय ५६ मतसहित अग्र स्थानमा हुँदा नेम्वाङ ३४ सय ४४ मतसहित पछ्याइरहेका छन्।

यहाँ राष्ट्रिय जनमुक्ति पार्टीका खड्ग प्रसाद पालुंवाले ८०१ मतसहित तेस्रो स्थानमा रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =