चितवन ३ : प्रचण्डले उत्तराधिकारी मानेका डा. अधिकारी तेस्रो स्थानमा

चितवन । चितवन क्षेत्र नं ३ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोडेको क्षेत्र हो । यस क्षेत्रको मतगणना यतिबेला निरन्तर चलिरहेको छ ।

चितवन ३ मा प्रचण्डले आफ्नो उत्तराधिकारी मानेका डा भोजराज अधिकारी नै तेस्रो स्थानमा छन् । यहाँ राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखिरहेका छन् । पाण्डेले ५ हजार ७२५ मत ल्याएका छन् । रास्वपाकी जिता बरालले ४ हजार ४२४ मत ल्याई दोस्रो स्थान कायमै राखेकी छिन् ।

यस क्षेत्रमा १९ हजार २३३ मतगणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जसमा माओवादी केन्द्रका डा भोजराज अधिकारीले ४ हजार २९० मत ल्याए भने एमालेको समर्थनमा स्वतन्त्रबाट उमेदवार बनेका दिनेश कोइरालाले ३ हजार ४७२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =