रसुवा १(१) मा काँग्रेसका प्रभात तामाङ पुनः निर्वाचित

रसुवा । रसुवा जिल्ला प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(१) मा नेपाली काँग्रेसका प्रभात तामाङ पुनः निर्वाचित भएका छन् ।

तामाङले ८ हजार १ सय ८६ मत ल्याएर दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार कूलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् ।

प्रभात तामाङ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =