गोरखा-२ मा प्रचण्डको अग्रता कायमै, एमालेका मिया तेस्रो

गोरखा । प्रतिनिधि सभा गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् ।

दाहाल निकटतम प्रतिस्पर्धी भन्दा झन्डै तेब्बर मतान्तरले अगाडि छन् ।

हाल सम्म १२ हजार ६ सय १५ मत गणना हुँदा दाहालले ७ हजार २ सय ७८ मतका साथ अग्रता लिएका हुन् ।

२ हजार १० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले दाहाललाई पछ्याइरहेका छन् ।

नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रोमा छन् । मियाँले १ हजार ६ सय ९८ मत ल्याएका छन् ।
मत गणना जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =