तनहुँ १ मा एकबहादुर रानाको अग्रता, पछि परे रामचन्द्र पौडेल
२०७९ मंसिर ६ गते

|नेता रामचन्द्र पौडेल। तस्बिरः फाइल|
तनहुँ । तनहुँ १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् ।
पौडेललाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् ।
हालसम्म ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र काँग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।
मत गणना जारी छ ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








