चितवनमा उकालो लागे रवि लामिछाने
२०७९ मंसिर ६ गते

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने उकालो लागेका छन् । कालिका नगरपालिकाको मतगणना सुरु भएसँगै लामिछाने उकालो लागेका हुन् ।
यसअघि इच्छाकामना गाउँपालिकाको मतगणना हुँदा रवि लामिछाने दोस्रो स्थानमा थिए । इच्छाकामनाको गणनासम्म पहिलो नम्बरमा रहेका एमालेका कृष्णभक्त पोखरेले अहिले दोस्रो स्थानमा झरेका छन् । कांग्रेसका नेता उमेश श्रेष्ठ तेस्रो नम्बरमा छन् ।
लामिछानेले ४००७ मत ल्याएका छन् । एमाले उम्मेदवार पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत मात्र ल्याएका छन् ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








