पाँथथरमा गठबन्धन अगाडि, प्रतिनिधिसभामा भीष्मराज र वसन्तको कडा टक्कर

काठमाडौँ । पाँचथर प्रतिनिधिसभा तर्फको पछिल्लो मतपरिणाम अनुसार ७ हजार ४९० मत गणना हुँदा नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२०७ मत ल्याएका छन् । यस्तै, नेकपा एमालेका वसन्तकुमार नेम्वाङले ३१७४ मत ल्याएका छन् । उनीहरुबीच कडा टक्कर परिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार उनीहरुको मतान्तर ३२ छ ।

आङदेम्बे गठबन्धनका उम्मेदवार हुन् ।

यस्तै, प्रदेशसभा तर्फ प्रदेश (क) मा एमालेका राजकुमार भण्डारीले ३२५६ मत प्रप्त गरेका छन् । भने नेकपा एकीकृत समाजवादीका कमल जवेगुले ३६१७ प्रप्त गरेका छन् । जवेगु ३६१ मतले अगाडि छन् । उनी गठबन्धनका उम्मेदवार हुन् ।

प्रदेशसभा (ख) तर्फ माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोले ३८९० मत पाएका छन् भने एमालेका अइन्द्रसुन्दर नेम्बाङले ३२८२ मत प्रप्त गरेका छन् । यो क्षेत्रमा आङ्बो ६०८ मतले अगाडि छन् । आङ्बो पनि गठबन्धनमा उम्मेदवार हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =