रौतहट-३ : प्रभु साह दोब्बर मतका साथ अगाडि

रौतहट । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणना जारी छ । प्रतिनिधि सभा सदस्यका लागि रौतहट ३ मा जारी मतगणना अनुसार स्वतन्त्र उम्मेदवार रहेका पूर्व मन्त्री प्रभु साह आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतका साथ अगाडि छन् ।
रौतहट क्षेत्र नं ३ बाट लगातार तीन पटक देखी बिजयी हुदै आएका साह ६२ सय ५३ मत सहित अगाडि छन् । नेकपा एमाले सहितका दलले समर्थन गरेका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवाल ३७ सय ५१ मत सहित दोस्रो स्थानमा रहेका छन् । आफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतका साथ आगाडि रहेका साह चौथो पटक सांसदमा विजयी हुने संकेत देखिन्छ ।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका रविन्द्र पटेल धिरजले १७ सय ५९ मतसहित तेस्रो स्थानमा रहेका छन् । धिरजलाई माओवादी केन्द्रले साधारण सदस्यसमेतबाट निस्कासित गरी कारवाही गरिसकेको छ । धिरजलाई कारवाही गरेको माओवादी केन्द्रसहित सत्तारुढ पाँच दलीय गठबन्धनले साहलाई समर्थन गरेको थियो । तर केन्द्र स्तरबाट समर्थन गरिए पनि सो क्षेत्रमा साहलाई अन्य दलले सहयोग गरेका थिएनन् ।
एमाले, कांग्रेस, जसपासहितका प्रमुख दलले साहलाई असयहोग गर्दै जैसवाललाई सघाएका थिए ।








