हारेपछि रवीन्द्र मिश्रले भने : ‘चौतर्फी घेराबन्दीबीच जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन’

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर १ मा १२५ मतको झिनो अन्तरले पराजित भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

‘एक सय पच्चिस मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दुखी छु। तर म समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी भएको जानकारी गराउन चाहन्छुु, उनले भनेका छन्, विगत पाँच वर्षको मेरो उतार चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीबीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन।’

उनले काठमाडौं १ मा यस पटक चुनावी महासंग्राम नै भएको बताउँदै शुभेच्छुकको इच्छा पूरा गर्न नसकेकोमा दुख व्यक्त गरेका छन्।

‘झुठ बोलेर मत माग्दिन’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छुु, उनले भनेका छन्, म त्यो शब्दमा व्यक्त गर्न सक्दिन। यस पटक काठमाडौँ क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो।’

उनले राजनीतिमा जिम्मेवारीमै नपुगी ठोस काम गर्न नसकिने पीडा आफूले भोगिरहेको बताएका छन्।

‘राजनीति यस्तो क्षेत्र हो जहाँ जिम्मेवारीमै नपुगी ठोस काम गरेर देखाउन नसकिने रहेछ । उनले भनेका छन्, म २०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएँ। तर ममाथि यति ठूलो विश्वास व्यक्त गर्ने काठमाडौँ क्षेत्र नं १ का मतदाताका लागि मैले केही गर्न सकेको छैन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =