लमजुङमा २४ हजार मत गन्दा एमालेका गुरुङ अगाडि

पोखरा । लमजुङको प्रतिनिधि सभा तर्फको करिव २४ हजार मत गनिएको छ । २३ हजार ८ सय ७० मत गन्दा एमालेका पृथ्वीसुब्बा गुरुङले निकै फराकीलो अन्तरले अग्रता लिएका छन् । उनले १ हजार ८ सय २० मत अन्तरको अग्रता बनाएका हुन् ।

पिएसले ११ हजार ६ सय १७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धी माओवादी केन्द्रका देवप्रसाद गुरुङले ९ हजार ७ सय ९७ मत पाएका छन् ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले १ हजार २ सय १०, मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङले २ सय ३५ तथा राप्रपाका बालचन्द्र श्रेष्ठले २ सय ५४ मत पाए । मत गणनाकै क्रममा निधन भएका जनता समाजवादीका नरेन्द्रबहादुर गुरुङले ४१ मत तथा आमुल परिवर्तनका नन्दजंग गुरुङको १४ मत छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + six =