कास्की २ : एमालेको गढमा रास्वपाका कँडेल अगाडि

पोखरा । कास्की क्षेत्र नम्बर २ लाई एमालेले आफ्नो गढ मान्छ । स्व. रवीन्द्र अधिकारी यही क्षेत्रबाट ह्याट्रिक सांसद बनेका हुन् । रवीन्द्रको निधनपछि भएको २०७६ को उपचुनावमा उनकै श्रीमति विद्या भट्टराई अत्यधिक मत अन्तरले विजयी भइन् ।

अहिले यो क्षेत्रमा विद्या नै उम्मेद्वार छिन्, एमालेको तर्फबाट । तर, उनलाई घण्टीका उम्मेद्वारले हम्मेहम्मे पारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार दिएका पूर्व कांग्रेस कार्यकर्ता माधवप्रसाद कँडेलले विद्यालाई अझै १ सय ५० मत अन्तरले पछि पारेका छन् ।

कँडेलको ३ हजार ५ सय ४९ मत आउँदा विद्याले ३ हजार ३ सय ९९ मत सहित पछ्याइरहेकी छिन् । सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले २ हजार ४ सय ८८ मत पाएका छन् । उनी तेश्रो स्थानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =