काठमाडौँ १० मा काँग्रेसका राजेन्द्रकुमार केसीको अग्रता कायमै
२०७९ मंसिर ६ गते

काठमाडौँ । काठमाडौँ १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काँग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा रहेका छन् ।
पछिल्लो मतगणनाको परिणामअनुसार उनले चार हजार आठ सय एक मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले तीन हजार तीन सय ७८ मत प्राप्त गरे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का हिमेस केसीले दुई हजार आठ सय ८२ मत प्राप्त गरे ।
मुख्य निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार अहिलेसम्म १६ हजार आठ सय १५ मत गणना सकिएको छ । ती मध्ये छ सय ९९ मत बदर भएको छ । निर्वाचनमा ५३ हजार छ सय ४५ मत खसेको थियो । उक्त क्षेत्रमा १८ दलका र तीन स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








