चितवन २ : किन पछि परे रवि ? सहरी क्षेत्रको गणनामा सबैलाई उछिन्ने

चितवन । चितवन क्षेत्र नं २ को गणना चलिरहँदा रवि लामिछाने पछि परेका छन् । मतगणनाको प्रारम्भिक रुझान मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायम गरेका छन् । इच्छा कामना गाउँपालिकाबाट मतको गणना गर्न सुरु गरिएको हो ।
इच्छा कामना १ र २ नं वडाको गणना सकिएको छ । इच्छा कामना वडा नं १ को गणना गर्दा कृष्णभक्तले ५५४ मत ल्याएका छन् । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले ३९७ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ८७ मत ल्याए । इच्छा कामना २ को गणना गर्दा कृष्णभक्तले ५९० मत ल्याएका छन् भने उमेश श्रेष्ठले ३०७ मत ल्याए ।
इच्छा कामना २ बाट रवि लामिछानेलाई १७३ मत आयो । हालसम्मको नतिजाअनुसार कृष्णभक्तले ११ सय ४४ मत ल्याइसकेका छन् । उमेश श्रेष्ठको ७०४ मत आएको छ । रवि लामिछानेको २६० मत आएको छ । अहिले गणना भइरहेको क्षेत्र एमालेको आधार क्षेत्र हो ।
यस क्षेत्रमा कृष्णभक्तको अग्रता हुनुलाई कुनै नौलो मानिएको छैन । सहरी क्षेत्रको मतगणना सुरु भएपछि रविको अग्रता बढ्ने आङ्कलन गरिएको छ । सहरी क्षेत्रमा मत गणना हुन थालेपछि रविले ठूलो अन्तरका साथ चुनाव जित्ने मत सर्वेक्षणहरूमा देखिएको छ ।
अहिलेको मतगणनालाई लिएर रविको हार भयो भन्नेहरूलाई सहरी क्षेत्रका गणना आउन थालेपछि थाहा भइहाल्ने राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेताहरू बताउँछन् । सहरी भेगहरूमा मतगणना प्रवेश गर्दा रविको मत बढेर सबैलाई उछिन्ने मत सर्वेक्षणहरूमा देखिएको छ ।









Rabi Ko jita hunai parx