सर्वाधिक चासाेकाे डडेलधुरा : दाेब्बर मतले देउवा अघि, ढकाल र मल्ल पछिपछि
२०७९ मंसिर ५ गते

काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसबाट सत्ता गठबन्धन दलका साझा उम्मेदवार शेरबहादुर देउवाले ठूलाे मतान्लेतरकाे अग्रता कायम गरेका छन् ।
डडेलधुराबाट प्रतिनिधिसभा सदस्यतर्फ २ हजार मत गणना हुँदा दाेब्बर मतान्तर कायम गर्न सफल भएका छन् ।
देउवाले ९४९ मत ल्याएका छन् भने उनका प्रतस्पर्धी नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ४२५ मत ल्याएका छन् । त्यस्तै देउवालाइ नै चुनावमा हराउन भन्दै गुल्मीबाट डडेलधुरा गएर चुनाब लडेका सागर ढकालले ४२२ मत पाएका छन् ।
प्रतिस्पर्धी मल्ल भने देउवाका पूर्व स्वकीय सचिव हुन् ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित









