मुस्ताङको प्रदेशसभामा पनि कांग्रेस उम्मेदवार विजयी
२०७९ मंसिर ५ गते

पोखरा । मुस्ताङको प्रदेश सभा (क) मा कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन् ।
उनले एमालेका इन्द्रधारा विष्टलाई २ सय ५५ मत अन्तरले पराजित गरेका हुन् । नम्डुले १ हजार ४८ मत पाए भने निकटतम प्रतिश्पर्धी विष्टले ७ सय ९३ मत पाए ।
प्रतिनिधि सभा तर्फ पनि यहाँ कांग्रेसका योगेश गौचन विजयी भएका छन् । मुस्ताङ कांग्रेसले तीनै जना उम्मेद्वार ४० वर्षभन्दा कम उमेरका उठाएको थियो ।
अहिले प्रदेशसभा (ख) को मतगणना चलिरहेको छ ।
२०७९ मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








