रवि लामिछानेलाई प्रश्न : सरकारमा जानुभयो भने कुन मन्त्रालय लिनहुन्छ ?

चितवन । चितवन क्षेत्र नं २ को मतगणना हुन बाँकी नै छ, तर यहाँको माहोल यस्तो छ कि, रवि लामिछानेले जित निश्चितजस्तो भइसकेजस्तो चर्चापरिचर्चा छ ।
मतपरिणाम आउनुअघि नै कसैको जित निश्चित छ भनेर भन्न त सकिँदैन, तर हरेक कोणबाट विश्लेषण गर्दा रवि जितको मुखमा छन् । सञ्चारकर्मीहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रविलाई जितपछिको प्रश्न सोध्न थालिसकेका छन् ।
मतगणनअघि हुने सर्वदलीय बैठकपछि रविलाई यस्तै प्रश्न सोधियो, ‘सरकारमा जानुभयो भने कुन मन्त्रालय लिनहुन्छ ? यसको जवाफ दिन रविले हतार हुने बताए । उनले भने, ‘मत परिणाम आउन बाँकी छ, अहिले नै यस विषयमा कुनै टिप्पणी गर्नु हतार हुनेछ ।’ उनले कुनै ठूलो दलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उपेक्षा गरेर अघि बढ्न नसक्ने अवस्था सिर्जना हुने बताए ।
उनले भने, ‘हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला, हामी त्यो साइजमा रहन्छौं होला ।’








