चितवनमा जालीभित्र मतगणना

चितवन । चितवनमा कोठाभित्र जाली लगाएर मतगणना सुरु गरिएको छ । चितवन क्षेत्र नं १ को मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रत्ननगर ३ सहिद स्मृति मतदान केन्द्रबाट मतगणना सुरु गरिएको हो । मतपत्र च्यातिने सम्भावनालाई ख्याल गर्दै जाली लगाएर मतगणना गरिएको छ ।

सर्वदलीय बैठक सम्पन्न भएपछि मतगणना गरिएको हो । चितवन २ र ३ को मतगणना गर्ने अन्तिम तयारी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =