मकवानपुरमा मतगणना सुरु

मकवानपुर । मकवानपुर जिल्लामा मतगणना सुरु भएको छ ।

आज बिहान बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले बिहान ११ बजेदेखि मत गन्न थाल्ने निर्णय गरे पनि झन्डै डेढ घण्टापछि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ ।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो ।

कूल मतदाता सङ्ख्या तीन लाख सात सय ३३ रहेको मकवानपुरमा कूल एक लाख ७८ हजार दुई सय ८२ अर्थात् ५९.३ प्रतिशत मत खसेको थियो । तीमध्ये हाल बागमती गाउँपालिका–४ झुरझुरेको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =