करिब ६१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग 

काठमाडौँ । निर्वाचन आयोगको कार्यालयले आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फ ६१ प्रतिशत मत खसेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले देशभर शान्तिपूर्ण मतदान भएको बताउँदै प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मत खसेको जानकारी दिएका छन् ।

तर यो अपेक्षाभन्दा कम रहेको जानकारी उनले दिए ।

साथै थपलियाले आज निर्वाचन हुन नसकेका ठाउँमा ६ गते भित्रमा निर्वाचन हुने बताए ।

सबै विवरण प्रविष्ट हुँदा केही प्रतिशत थप हुन सक्ने आशा गरेको उनले बताए ।

सुर्खेत, नवलपरासी पूर्व, गुल्मी र बाजुरा जिल्लाका १५ स्थानमा भने मतदान स्थगित भएको बताउँदै उनले भने, सुर्खेत, नवलपरासी पूर्व र गुल्मी जिल्लाका एक/एक वटा मतदान स्थलमा स्थगित भएका छन् भने बाँकी बाजुराका मतदान स्थलमा स्थगित भएका छन् ।

निर्वाचनका क्रममा बाजुरामा एक जनाको मृत्यु भएको पनि प्रमुख आयुक्त थपलियाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =