काठमाडौँ ३ को मतगणना सोमबार बिहान ७ बजेदेखि

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सोमबार बिहान ७ बजेदेखि हुने भएको छ ।

सर्वदलीय सहमति अनुसार बिहान ७ बजेदेखि मतगणना सुरु गरिने भएको प्रमुख निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिइन् ।

यो निर्वाचन क्षेत्रमा कुल मतदाता मध्ये ६६.५५ प्रतिशत मतदाताले मतदान गरेका छन् । मतगणना गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुलमा हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =