यस्ता छन् काठमाडौँको मतगणना हुने १० स्थान (सूचीसहित)

काठमाडौँ । भौगोलिक हिसाबले सानो जिल्ला भए पनि काठमाडौँ जिल्ला देशका सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला हो । काठमाडौँबाट प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिको संख्या तुलनात्मक रुपमा बढी नै हुने छन् । यसले गर्दा पनि काठमाडौँको मत परिणामलाई महत्वका साथ हेरिएको छ ।

काठमाडौँमा प्रतिनिधिसभाका लागि १० वटा र प्रदेश सभाका लागि २० वटा निर्वाचन क्षेत्र छन् । यी क्षेत्रबाट प्रतिनिधि चयनका लागि भएका निर्वाचनको मत गणनाप्रति सबैको ध्यान रहेको छ ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार यी जिल्लामा विभिन्न १० ठाउँमा मत गठना हुने छन् ।

प्रतिनिधि सभा सदस्यतर्फको मतगणना हुने स्थलहरु

क्षेत्र नम्बर १ – संघीय संसद भवन (अन्तराष्ट्रिय सम्मेलन केन्द्र) नयाँबानेश्वर
क्षेत्र नम्बर २ – कागेश्वरी मनोहराको राधाकृष्ण मन्दिर थलीमा
क्षेत्र नम्बर ३ – गोकर्णेश्वर जोरपाटीको चामुण्डा स्कुल
क्षेत्र नम्बर ४ – बुढानिलण्डको चपलीमा रहेको जेष्ठ नागरिक भवनमा
क्षेत्र नम्बर ५ – टोखाको श्रीसमाज भवन
क्षेत्र नम्बर ६ – तारकेश्वरको धर्मस्थली
क्षेत्र नम्बर ७ – ७ बालाजुको जुडो हल
क्षेत्र नम्बर ८ – स्वयम्भुको गीतामाता स्कुल
क्षेत्र नम्बर ९ – नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) रविभवन
क्षेत्र नम्बर १० –त्रिभुवन विश्वविद्यालय किर्तिपुर स्मृती भवन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 19 =