चितवनमा जितको घण्टी बजिसक्यो : रवि लामिछाने
२०७९ मंसिर ४ गते

चितवन । रवि लामिछानेले चितवन–२ मा आफ्नो जित सुनिश्चित रहेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेले चितवनमा घण्टी बजिसकेको टिप्पणी गरे ।
मतदाता सँग कुराकानी गर्दै उनले भने, ‘किला गढिसक्यौँ त, कहाँ छोड्छु म अब गर्ने हो, पालो हाम्रै त हो, मैले जित्ने भनेको तपाईँहरूले जित्ने हो ।’
उनले आफू चुनाव जितेपछि पनि चुनाव अगाडि मत माग्न आए जसरी नै घरघरमा आउने बताए ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








