रसुवामा ६४ प्रतिशत मत खस्यो
२०७९ मंसिर ४ गते

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज जैसी दिउँसो ३ः३० बजेसम्म कुल ३९ हजार चार सय ५९ मतदातामध्ये ६४ प्रतिशत मत खसेको जानकारी दिए ।
उनले मतदान शान्तिपूर्णरुपमा भइरहेको बताए । रसुवामा ३४ मतदान स्थलमा ५४ वटा मतदान केन्द्र छन् ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा सदस्यका लागि सात वटा राजनीतिक दल र तीन जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् ।
२०७९ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित








