ललितपुरमा ५२ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपुर जिल्लामा दिउँसो ३ बजेसम्म ५२ प्रतिशत मतदान भएको छ ।

“दिउँसो ३ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा ५२ प्रतिशत मतदान भइसकेको छ”, प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले भने, “निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ ।”

उनका अनुसार रोकिएको एउटा मतदान केन्द्रमा पनि फेरि मतदान सुरु भएको छ । वडा नं २८ को वडा कार्यालय भवन हरिसिद्धिस्थित मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिकतर्फको मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि विवाद भई मतदान रोकिएको थियो ।-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =